ट्वीटर जस्तै एप ल्याउदै इन्स्टाग्राम
SamacharDesk | २०८० जेठ ६, शनिबार

इन्स्टाग्रामले ट्वीटर जस्तै एप ल्याउने भएको छ । इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले अगस्टसम्म सार्वजनिक गर्नेगरी माइक्रोब्लगिङ एप ल्याउन लागेको हो।
मेटाले विभिन्न सञ्चारमाध्यमलाई ईमेल पठाउँदै माइक्रोब्लगिङ प्लेटफर्म ल्याउन लागेको सूचना दिइएको छ ।
टेक्स्टमा आधारित उक्त एपको केही भाग इन्स्टाग्राममा इन्ट्रिगेट हुनेछ भने एपको पूर्ण संस्करण छुट्टै एपमा पाउन सकिनेछ ।
यसमा इन्स्टाग्रामका प्रयोगकर्ताले इन्स्टाग्रामको ह्यान्डल र भेरिफिकेसन प्रयोग गरेर नयाँ प्लेटफर्मको अकाउन्ट बनाई इन्स्टाग्रामबाटै फलोअरलाई नयाँ प्लेटफर्ममा फलो गर्न नोटिफिकेसन पठाउनसक्ने कम्पनीले जनाएको छ ।
उक्त नोटिफिकेसन अन्य इन्स्टाग्राम प्रयोगकर्ताले क्रियटरलाई फलो गर्न सकिनेछ ।
मेटाले सुरुमै बढी फलोअर हुने अकाउन्टलाई एपको एक्सेस दिने योजना बनाएको छ । विशेषगरी कलाकार, निर्माता, खेलाडी, कमेडियन जस्ता सार्वजनिक व्यक्तित्वले यो नयाँ एप अरूले भन्दा अगाडि नै प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।
टेक्स्टमा आधारित मेटाको उक्त एप एक्टिभिटी पब प्रोटोकलमा आधारित हुने बताइएको छ । अर्थात इन्स्टाग्रामबाट उक्त एपमा मेसेज पठाउनका साथै उक्त एपका पोस्ट इन्स्टाग्राम र इन्स्टाग्रामका पोस्ट उक्त नयाँ एपमा देख्न सक्नेछन् ।
यस्तै उक्त प्लेटफर्ममा इन्स्टाग्रामका पोस्ट ब्लक वा हाइड गर्ने सुविधा पनि हुनेछन् ।
मेटाको सो प्लेटफर्ममा एक पटकमा ५०० क्यारेक्टरका टेक्स्ट लेख्न सकिनेछ ।
त्यस्तै रिप्लाई, रिपोस्ट, पोस्ट लाइक, न्युजफिड सबै सुविधाहरू हुनेछन् ।
ट्वीटरको अस्थिर भविष्यको फाइदा उठाउँदै पछिल्लो समय ट्वीटरको विकल्पमा विभिन्न एपहरू आएका छन् । ब्लुस्काई, मास्टोडन जस्ता एपलाई ट्वीटरको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ ।
मेटाले पनि आफूलाई त्यही दौडमा सामेल बनाएको स्वीकारेको छ ।
ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर प्रयोग गर्ने अर्बौं प्रयोगकर्ताले आफ्नो नयाँ एप पनि प्रयोग गर्नेमा कम्पनी विश्वस्त छ
Categorized in विज्ञान-प्रविधी