arin enterprises

भारतमा हुने जी–२० बैठकमा चीन सहभागी नहुने

SamacharDesk | २०८० जेठ ७, आइतबार

भारतमा अर्को साता हुने जी–२० पर्यटन बैठकमा चीन सहभागी नहुने भएको छ ।

बैठक आयोजना गर्न लागिएको जम्मु कश्मीर विवादित क्षेत्र भएकाले चीन सहभागी नहुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जनाएको हो ।

शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका वेनबिनले विवाद क्षेत्रमा हुने कुनै पनि प्रकारको बैठकको कडा विरोध गर्ने बताए ।

जी–२० पर्यटन बैठक मे २२ देखि २४ सम्म श्रीनगरमा आयोजना हुँदै छ ।

यस समूहमा विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरू सहभागी छन् ।

जी–२० को अध्यक्षता हाल भारतले गरिरहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय