arin enterprises

उपाधि विजेता बार्सिलोनाले पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ७, आइतबार

स्पेनिस ला लिगामा बार्सिलोनाले हार व्यहोरेको छ । यस सिजनको ला लिगा उपाधि विजेता बार्सिलोनालाई रियल सोसिडाडले २–१ गोल अन्तरले हराएको हो ।

गएराति बार्सालाई सोसिडाडले उसैको मैदानमा हराएको हो ।

क्याप नाउमा भएको खेलको पाँचौं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा एलेक्सजेन्डर सोरिओथले गोल गर्दै सोसिडाड दोब्बर अग्रताले अघि रह्यो ।

खेलको ९० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले सान्तोना गोल गरे ।

योसँगै उपाधि विजेता बार्सिलोनाले ३५ खेलमा ८५ अंक जोडेको छ ।

सोसिडाड ६५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स