सिटीलाई तेस्रोपटक प्रिमियर लिगको उपाधि
SamacharDesk | २०८० जेठ ७, आइतबार

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार राति दोस्रो स्थानको आर्सनलले हार व्यहोरेपछि सिटी प्रिमियर लिग च्याम्पियन बनेको हो । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो ।
सिटीको यो लगातार तेस्रो प्रिमियर लिग उपाधि हो । नटिङ्घम फरेस्टको जितमा ताइवो अवोनियीले निर्णायक गोल गर्नुभयो । अवोनियीले १९औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो ।
प्रशिक्षक पेप ग्वार्डीयोलाको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको म्यान्चेस्टर सिटीका लागि यो उपाधि पछिल्लो ६ वर्षमा पाँचौ लिग उपाधि हो । प्रिमियर लिगसँगै सिटी यस वर्षको च्याम्पियन्स लिग र एफ।ए कप फुटबलको पनि फाइनलमा पुगेको छ ।
लिगमा आर्सनलले अब एक खेल खेल्न बाँकी छ भने सिटीले ३ खेल खेल्न बाँकी छ । सिटीको ३५ खेलबाट ८५ अङ्क छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलबाट ८१ अङ्क छ ।
आर्सनललाई हराएको नटिङ्घम ३७ अङ्कसहित १६औँ स्थानमा छ । जारी सिजन उच्च लयमा रहेको सिटी प्रिमियर लिगसँगै तीनवटा उपाधिको मुखमा रहेको छ ।
<लिग अन्तर्गत शनिबार राति भएको अन्य खेलमा ब्रेन्टफर्डले टोट्टनहामलाई ३-१ र म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई १(० गोलले हराएको छ ।
फुलहाम र क्रिस्टल प्यालेसले २-२, लिभरपुल र एस्टन भिल्ला तथा वल्भ्स र एभर्टनले समान १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।
Categorized in स्पाेर्ट्स