arin enterprises

रुसी सेनाद्वारा युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको दावी

SamacharDesk | २०८० जेठ ७, आइतबार

रुसले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ ।

युक्रेनमा लड्दै आएको रुसी सैनिक समूह वागनरका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मत शहर पूर्णरुपमा नियन्त्रणमा आएको दावी गरेका हुन् ।

शनिबार भिडियो सन्देश मार्फत प्रमुख प्रिगोजिनले वागरनर समूहका आफ्ना लडाकुहरुले बाख्मतका घर घर नियन्त्रणमा लिएको दावी गरेका थिए । उनले बाख्मतलाई पुरै नियन्त्रणमा लिन २ सय २४ दिन लागेको बताएका छन् ।

तर, युक्रेनले आफ्नो सेना बाख्मतको भूमिमा अहिले पनि बाँकी रहेको बताउँदै वागनर समूहको दावीलाई अस्वीकार गरेको छ । युक्रेनी उपरक्षा मन्त्री गन्ना मल्यारले बाख्मतका केही औद्योगिक क्षेत्रमा युक्रेनी लडाकुहरु अझै बाँकी रहेको बताएका छन् ।

वागनर समूहका प्रमुख प्रिगोजिनले यस अघि पनि बाख्मत कब्जामा आईसकेको घोषणा गर्ने गरेका थिए ।

अहिले बाख्मत पूरै नियन्त्रणमा आए वा नआएको भन्ने बारे स्वतन्त्र पुष्टि हुन बाँकी नै रहेको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय