arin enterprises

भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ८, सोमबार

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियललाई भ्यालेन्सियाले १–० गोल अन्तरले हराएको हो ।

भ्यालेन्सियाको जितमा डिएगो लोपेजले निर्णायक गोल गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै खेलको अन्तिममा रियल १० खेलाडीमा समेटिएको थियो । भिनिसियस जुनियरले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको हो ।

यो जितसँगै भ्यालेन्सियाले ३५ खेलमा ४० अंक जोडेको छ । भ्यालेन्सिया १३ औं स्थानमा रहेको छ ।

यस्तै रियल ७१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स