म्यानसिटीले चेल्सीलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ८, सोमबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
यस सिजनका उपाधी विजेता सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ।
७१ औं मिनेटमा अल्भारेजले गरेको दोस्रो गोलले भने मान्यता पाएन । गोलअघिको फाउलको कारण भीएआरले उनको गोललाई मान्यता नदिएको हो ।
यो जितसँगै शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । सिटीले ३६ खेलमा ८८ अंक जोडेको छ ।
चेल्सी ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स