arin enterprises

बाख्मत शहर रुसको नियन्त्रणमा नगएको जेलेन्स्कीको दाबी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ८, सोमबार

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरेका छन् ।

शनिबार रुसको तर्फबाट युद्ध लडिरहेको बाग्नर समुहले बाख्मतलाई पुरै नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान पुगेका जेलेनस्कीले पत्रकार सम्मेलन गर्दै बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गरेका हुन् ।

उनले अझैपनि शहरका केही भागमा युक्रेनी सेनाहरु तैनाथ रहेको बताए ।

बाख्मतलाई दोश्रो बिश्वयुद्धमा परमाणु बमले ध्वस्त भएको हिरोसिमा शहरसँग तुलना गर्दै युद्धका क्रममा ध्वस्त भएका संरचनाहरुको छिट्टै पुननिर्माण गर्ने जेलेन्स्कीले बाचा गरे ।

Categorized in अन्तर्राष्ट्रिय