ह्वाट्सएपमा पठाएको मेसेज १५ मिनेट भित्र एडिट गर्नसक्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ९, मंगलबार

ह्वाट्सएपमा प्रयोगकर्ता आफूले पठाएको मेसेज एडिट गर्न सक्ने भएको छ । आफू पठाएको मेसेजलाई १५ मिनेट भित्र एडिट गर्न सक्ने फिचर ह्वाट्सएपमा सार्वजनिक भएको हो ।
मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट शेयर गर्दै यस फिचरको विषयमा जानकारी दिएका हुन् ।
जुकरबर्गले पोस्ट शेयर गरेसँगै ह्वाट्सएपले पनि एक ब्लग सार्वजनिक गर्दै यस विषयमा जानकारी दिएको छ ।
उक्त ब्लगका अनुसार यो फिचर प्रयोगकर्ताहरु माझ उपलब्ध हुन सुरु भइसकेको र विस्तारै सबैले यो फिचर प्रयोग गर्न पाउने ब्लगमा उल्लेख छ ।
यो फिचर प्रयोग गर्नको लागि आफूले एडिट गर्न चाहेको मेसेजमा लामो समयसम्म प्रेस गरि आएको पपअपमा ‘एडिट’ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।
पपअपमा आएको ‘एडिट’ अप्सनमा क्लिक गरेर १५ मिनेटसम्म आफ्नो मेसेज एडिट गर्न सकिन्छ ।
तर, यसरी एडिट गरिएको मेसेजको तल सानो अक्षरमा ‘एडिटेड’ भनेर देखाइनेछ ।उक्त एडिटेड अप्सनमा क्लिक गर्दा पुरानो मेसेज भने देख्न सकिन्छ ।
केही समय अघि यो फिचरको बेटा भर्सन केही प्रयोगकर्ताहरुको ह्वाट्सएपमा पनि देखा परेको थियो । तर मेटाले भने यसको आधिकारिक रुपमा कुनै जानकारी दिएको थिएन ।
Categorized in विज्ञान-प्रविधी