रुस प्रवेश गरेको विद्रोहि समुह परास्त भएको घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १०, बुधबार

रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको विद्रोहि समुहलाई परास्त गरेको घोषणा गरेको छ ।
युक्रेनबाट रुसको बेलगोरोड क्षेत्रमा प्रवेश गरेको भनिएको विद्रोहि समुहलाई परास्त गरेको रुसले दाबी गरेको हो ।
केहि दिन अघि युक्रेनको भिएसयु समुह बेलगोरोडमा पसेपछि भिडन्त भएको थियो । त्यस क्रममा कम्तिमा ७० जना सशस्त्र बिद्रोही मारिएको रुसले जनाएको छ ।
रुसले बेलगोरोद क्षेत्रका गाउँहरू खाली गराएर सशस्त्र समूहविरुद्ध प्रतिआतंकवादी कारबाही गरेको थियो ।
युक्रेनवाट छिरेको विद्रोहि समुहले अमेसिकी हतियार प्रयोग गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ । युक्रेनले ती सशस्त्र बिद्रोहीहरु युक्रेनबाट प्रवेश नगरेको दाबी गरेको छ भने, अमेरिकाले पनि रुसी सीमाभित्र प्रवेश गरेका सशस्त्र समूहसँग अमेरिकाको सम्बन्ध नरहेको बताएको छ ।
यस्तै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आक्रमणमा अमेरिकी हतियार प्रयोग गरिएको भन्ने विषयमा जाँचबुझ भईरहेको बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय