arin enterprises

भ्यालेन्सियालाई कारबाही

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १०, बुधबार

स्पेनिस ला लिगाले भ्यालेन्सियालाई कारबाही गरेको छ ।

भ्यालेन्सियाविरुद्ध रियल म्याड्रिडको खेलमा भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार भएपछि ला लिगाले कारबाही गरेको हो । ला लिगाले भ्यालेन्सियालाई ४५ हजार युरो जरिवाना गरेको छ ।

आइतबार भएको रियल विरुद्धको खेलमा जुनियरमाथि दुर्व्यवहार भएको थियो ।

यस्तै भ्यालेन्सियालाई पाँच खेलका लागि आंशिक स्टेडियम बन्द गर्न निर्देशन दिएको छ ।

यस्तै ब्राजिलियन तथा रियलका फरवार्डलाई दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

Categorized in स्पाेर्ट्स