arin enterprises

जलहरी सुन हो कि पित्तलको भनी संसदमा हंगामा

SamacharDesk | २०८० जेठ १२, शुक्रबार

नेकपा एमाले सरकारमा छँदा पशुपतिनाथमा चढाइएको जलहरी सुनको नभै पित्तलको भनेपछि आजको सर्वदलीय बैठकमा हंगामा भएको छ ।

जुन विषयको विरोध गर्दै नेकपा एमालेले संसद अवरोध गरेपछि संसद बैठक नै स्थगित गर्नुपरेको छ । सिन्धुली-२ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको बताएका थिए।

‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्योरु सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो,

तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भएरु यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्,’ उनले भनेका थिए।

यता नेकपा एमालेले भने  पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर सरकारले जवाफ दिनुपर्ने बताएका छन्। एमालेले प्रधानमन्त्रीकै पार्टीका सांसदले गम्भीर आरोप लगाएकाले त्यसको निष्कर्ष नआएसम्म संसद नचल्ने चेतवानी दिएका छन्।

सुनको जलहरी पितलको हो कि सुनको हो तत्काल छनविन गर्नुपर्ने र गलत आरोप सहेर नबस्ने छानविन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने एमालेले जनाएको छ । 

Categorized in राष्ट्रिय