नीति तथा कार्यक्रम बहुमतले पारित
SamacharDesk | २०८० जेठ १४, आइतबार

गत ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित भएको छ ।
सरकारको नीति तथा कार्यक्रम संघिय संसदका दुबै सदनमा दफाबार छलफल भए पनि कुनै पनि संशोधन नगर शनिबार हुबहु पारित भएको छ ।
सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रतिनिधिसभाका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।
संघीय संसद्को संयुक्त बैठकको आज बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने भएको छ ।
Categorized in राष्ट्रिय