arin enterprises

गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच आज फाइनल खेल

SamacharDesk | २०८० जेठ १४, आइतबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६ औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ ।

खेल गुजरातको अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए ।

तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।

गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।

चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पल्ट हो ।

Categorized in स्पाेर्ट्स