एफए कपको उपाधि सिटिले जित्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २१, आइतबार

म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोलले हराउँदै सिटीले उपाधि जितेको हो ।
योसँगै सिटीले सातौं एफए कपको उपाधि जितेको हो ।
वेम्बले स्टेडियममा भएको खेलमा सिटीलाई उपाधि दिलाउन इल्के गुन्डोगानले दुई गोल गर्दा युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।
गुन्डोगानले ५१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।
सिटीको यो सिजनको दोस्रो उपाधि हो यस अघि प्रिमियर लिगको उपाधि जितेको थियो ।
ट्रेबल उपाधि जित्ने योजनामा रहेको सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स