चीन र अमेरिकाबीचको टकराव पीडादायी हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २१, आइतबार

चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने चिनियाँ रक्षामन्त्री लि साङफुले बताएका छन् ।
एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न सांग्रीला संवादमा रक्षामन्त्री लि ले चीन र अमेरिकाबीच हुने कुनै पनि टकरावले विश्वमै असह्य पीडा र आपत निम्त्याउने बताएका हुन् ।
विल्कुल फरक प्रणाली अँगालेका चीन र अमेरिकालाई साझा विन्दु र सहयोगका क्षेत्रबाट अलग नहुने जानकारी दिए ।
ताइवान, साउथ चाइना सी र हालै अमेरिकाले चिनियाँ चिप्समा लगाएको प्रतिबन्धलगायतका थुप्रै विषयमा चर्को मतभेद हुँदा बेला बेलामा यी दुई देशबीच तनाव उत्पन्न हुदै आएको छ ।तर, प्रत्यक्ष टकराव भने हालसम्म छैन ।
एशियामा नाटो जस्तै सैन्य संगठन बनाउने चेष्टा नगर्न अमेरिकीलाई चेतावनी दिंदै लिले त्यसले एशियालाई द्वन्दको दलदलमा फसाउने ठोकुवा पनि गरे ।
Categorized in अन्तर्राष्ट्रिय