रियल म्याड्रिडको आँखा केन माथि
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २३, मंगलबार

स्पेनिस क्लब रियल म्याड्रिडले इंग्ल्यान्डका फरवार्ड ह्यारी केन अनुबन्धकाल लागि चासो देखाएको छ ।
रियलले फरवार्ड करिम बेन्जिमाको स्थानमा टोटनहामका २९ वर्षीय केनलाई अनुबन्धको सूचीमा राखेको बीबीसीले जनाएको छ ।
फ्रेन्च फरवार्ड बेन्जिमाले १४ वर्षपछि रियल छाडेपछि केनलाई प्राथमिकतामा रखेको जनाएको छ ।
केनको सम्झौता एक वर्ष बाँकी छ भएपनि उनी क्लब छाड्ने योजनामा छन् ।
नापोलीका भिक्टर ओसिमहेन, इन्टर मिलानका लाउटारो मार्टिनेज, चेल्सीका काई हाभर्ट्ज र युभेन्टसका डुसान भ्लाहोभिक पनि रियलको सूचीमा रहेका छन् ।
Categorized in स्पाेर्ट्स