युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्यामले जित्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २५, बिहिबार

इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले उपाधि जितेको हो ।
चेकियाको इदेन एरिनामा भएको खेलको ६२ औं मिनेटमा सेद बेन्रह्माले पेनाल्टीमार्फत गोलवाट वेस्ट ह्यामले अग्रता लिए ।
६७ औं मिनेटमा जियाकोमा बोनाभेन्तुराले गोल गर्दै फियोरेन्टिनालाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा जारोड बोवेनले गोल गर्दा वेस्ट ह्यामलाई पूनः २–१ को अग्रता दिलाए ।
यो वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि जितेको हो ।
यो उपाधिसँगै वेस्ट ह्यामले आगामी सिजनको युरोपा लिगमा समेत स्थान पक्का गरेको छ ।
Categorized in स्पाेर्ट्स