arin enterprises

भारत र पाकिस्तानसँग खेल्दै नेपाल

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २५, बिहिबार

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खेल्ने भएको छ ।

हङकङमा हुने प्रतियोगितामा थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले सहभागीताको अवसर पाएको हो । प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ ।

थाईल्यान्डले नखेल्ने भएपछि उसको स्थानमा नेपाललाई एसीसीबाट बुधबार आएको प्रस्तावलाई ढिला नगरी स्विकार गरेको क्यानले जनाएको छ ।

नेपाली महिला क्रिकेट टोली यहि १० वा ११ तारिखमा हङकङम तर्फ जाने भएको छ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।

नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । भारत र पाकिस्तानको भने प्रतियोगितामा ए टोली पठाउने छन् ।

नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ भने १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् ।

प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

 

Categorized in स्पाेर्ट्स