स्पोटिफाइले अफलाइन गीत सुन्न मिल्ने फिचर ल्याउँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २८, आइतबार

स्पोटिफाइले अब अफलाइन गीत सुन्न सक्ने फिचर ल्याउने भएको छ ।
कम्पनीका सीईओ ड्यानियल इकले ट्वीट गर्दै स्पोटिफाइले ‘योर अफलाइन मिक्स’ नामक फिचरमा काम गरिरहेको जनकारी दिएको हो । उनले उक्त ट्वीटमा एउटा स्क्रिनशट शेयर गरेका छन्, जसमा ‘योर अफलाइन मिक्स’ भनेर लेखिएको छ ।
उक्त लोगोको तल भने इन्टरनेट कनेक्सन नभएको समयमा पनि गीत सुन्न सकिने भनेर डिस्क्रिप्सन दिइएको छ ।
यो फिचर अन्तर्गत प्रयोगकर्ताले एउटा प्लेलिस्ट तयार गरी आफूलाई मन पर्ने गीतहरु डाउनलोड गरी इन्टरनेट नभएको बेलामा पनि सुन्न सकिनेछ ।
हाल स्पोटिफाइमा भएका गीतहरु अथवा आफ्नो प्लेलिस्टमा भएका गीतहरु सुन्न पनि इन्टरनेट चाहिन्छ ।
तर अब भने कम्पनीले छिट्टै नै अफलाइन गीत सुन्न सक्ने फिचर ल्याउन लागेको हो ।
Categorized in विज्ञान-प्रविधीWe’ve been testing out a new feature called "Your Offline Mix" - a playlist designed for those times when you might not be online
— Daniel Ek (@eldsjal) June 8, 2023
What do you think? pic.twitter.com/9so0FZMRPX
