arin enterprises

भएको नेपाल जोगाउन दिपकराजको आग्रह

SamacharDesk – बिराज | २०८० जेठ २८, आइतबार

ग्रेटर नेपालको चर्चालाई लिएर कलाकार दिपकराज गिरिले भुईँको टिप्न खोज्नुभन्दा भएकोलाई जोगाउन आह्वान गरेका छन् ।

वर्तमान समयमा भइरहेको ग्रेटर नेपालको चर्चालाई लिएर सामाजिक संजालमा आफ्नो विचार पोख्दै कलाकार गिरिले यस्तो भनेका हुन् ।

ग्रेटर नेपालको नक्सा आफ्नो भित्तामा पोस्ट गर्दै गिरि लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसंग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान ? भूंइको टिप्न नखोजौ.भएको लाइ जोगाऔ !!!’

सोही पोस्टको कमेन्टमा लेख्दै कलाकार गिरिले भारतले सार्वजनिक गरेको गलत नक्साको विरोध गर्दा आफुले पनि गलत काम नगर्न सुझाव दिएका छन् ।

‘असत्य कुरा गरेर भिडले तालि बजाउछ भनेर क्षणिक आनन्द लिने बानि छैन मेरो ! बैचारिक बहस गर्ने ऑट र हिम्मत सहित को बिचार हो यो...’ गिरि थप लेख्छन् । 

Categorized in पेजथ्री