लागूऔषध कारोबारीमाथि गोली प्रहार
SamacharDesk | २०८० जेठ २९, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक हिजो मध्यान्ह गोली चलेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।
ब्यूरोका प्रहरीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि ब्युरोको प्रहरीले विमानस्थलको मुख्य प्रवेशद्वार बाहिर कारोबारी माथि गोली चलाएको हो ।
प्रहरीको जवाफी फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा राखिएको छ । उनको साथबाट केही मात्रामा लागुऔषध पनि बरामद भएको एसपी जोशीले जानकारी दिनुभयो ।
धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने उनी भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेको भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् ।
Categorized in अपराध