arin enterprises

एमबाप्पेलाई बेच्दै पीएसजी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३०, मंगलबार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

क्लबका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो ।

पीएसजीसँग फ्रेन्च फरवार्ड २४ वर्षीय एमबाप्पेको सम्झौता आगामी सकिदैछ ।

एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन्। एमबाप्पेले सम्झौता नवीकरण नगर्ने भएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो ।

एमबाप्पे २०१७ मा मोनाकोबाट क्लब आएका थिए । एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन् ।

फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताउन एमबाप्पेले फ्रान्सका लागि महत्वपूर्ण भुमिका निभाएका थिए ।

एमबाप्पे अनुबन्धका लागि स्पेनिस क्लब रियल म्याड्रिडले लामो समयबाट चासो राखिरहेको छ  ।

Categorized in स्पाेर्ट्स