arin enterprises

इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

SamacharDesk | २०८० जेठ ३०, मंगलबार

इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको निधन भएको छ ।

बर्लुस्कोनीको फोक्सोमा संक्रमण भएको कारण सान राफेल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनमा इटलीमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार मिलान क्याथेड्रलमा उनको अन्त्यष्टि गरिने भएको छ ।

मिडिया टाइकुन समेत रहेका बर्लुस्कोनी चार पटक प्रधानमन्त्री समेत बनेका थिए । उनी पदमा रहँदा यौन प्रकरण र भ्रष्टाचार मुद्दाको सामना गर्नु परेको थियो ।

बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफुले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन्, भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय