arin enterprises

प्रधानमन्त्रीविरुद्ध परेको युद्ध अपराध मुद्दामा कारण देखाऊ आदेश

SamacharDesk | २०८० जेठ ३०, मंगलबार

प्रधानमन्त्री दाहाल तथा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सशस्त्र द्धन्द्धकालमा आफूलाई बाल सैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै न्याय पाऊँ भनी दायर गरेको रिटमा सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको हो । १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दर्ता भएको छ ।

विष्टले दायर गरेको मुद्दामा तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको मुद्दामा उल्लेख छ ।

Categorized in राष्ट्रिय