‘आदिपुरुष’को विवादास्पद संवाद हटाइयो
SamacharDesk | २०८० आषाढ १, शुक्रबार

दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक संजालमार्फत उक्त “आदिपुरुष” फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ, भन्ने स्टाय्टस हाली चेतानी दिएपछि आज उक्त फिल्मको रिलिज हुनुभन्दा एक दिन अगाडि हिजो विवादास्पद संवाद “जानकी भारतकी छोरी” भनी राखिएको संवाद निर्माताले हटाएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएकोे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
दक्षिण भारतका चर्चित नायक प्रभाव र कृति सेननको मूख्य भूमिका रहेको आदिपुरुष रामायणको कथामा आधारित फिल्म हो । उक्त फिल्म आजदेखि विश्वभर प्रदर्शनमा आउँदैछ ।
