arin enterprises

चलचित्र ‘उस्ताद जी’ को ट्रेलर सार्वजनिक

SamacharDesk – उत्तम कुमार श्रेष्ठ | २०८० आषाढ ६, बुधबार

नेपाली कथानक चलचित्र ‘उस्ताज जी’ को ट्रेलर तथा चलचित्रको एउटा गीत सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरको साथै चलचित्रमा समावेश ‘हेर स्वर्ग झैं लाग्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

चलचित्रको ट्रेलर गत जेष्ठ २६ गते नै सार्वजनिक भइसकेको थियो भने चलचित्रको गीत ‘हेर स्वर्ग झै लाग्यो’ भने हाईलाईटस नेपालबाट सार्वजनिक गरिएको हो ।

गीतमा संगीत तथा स्वर गायक उत्सव सुवा लामा र गायिका तारा शिरीष मगरले स्वर दिएका छन् । रामचन्द्र राईको छायांकन र देव दोर्जे लामाको कोरियोग्राफी रहेको गितमा नायक रेशम र नायिका लक्ष्मी तिम्सिनाले प्रमुख भुमिका निभाएका छन् ।

चलचित्रका निर्देशन चर्चित संगीत संयोजक राजु खड्काले गरेका छन् । चलचित्रमा मूख्य भूमिकामा गायक तथा नायक रेशम कुमार विश्वकर्मा रहेका छन् भने चलचित्रको निर्माता विश्वकर्मा नै हुन् ।

Categorized in पेजथ्री