नाचोले गरे रियलसँग सम्झौता नवीकरण
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ८, शुक्रबार

स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान नाचो फर्नान्डेजले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।
रियलले डिफेन्डर नाचोले सम्झौता नवीकरण गरेको जनाएको छ । स्पेनिस डिफेन्डर ३३ वर्षीय नाचो २०२४ को जुन ३० सम्म रियलमा रहने छन् ।
उनी सन् २००१ मा रियलको एकेडेमीमा अनुबन्धित भएका थिए ।
हालसम्म नाचोले रियलका लागि ३ सय १९ खेल खेलेका छन् ।
नाचोले स्पेनका लागि २४ खेल खेलिसकेका छन् भने रियलका लागि २३ उपाधि जितेका छन् ।
Categorized in स्पाेर्ट्स