arin enterprises

बेल्जियमी पूर्व खेलाडि सेड्रिकको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १०, आइतबार

बेल्जियमका पूर्व खेलाडि सेड्रिक रुसेलको निधन भएको छ । स्ट्राइकर सेड्रिकको ४५ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो ।

उनको हृदयघाटको कारण मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

सेड्रिकको जन्म सन् १९७८ जनवरी ६ को दिन बेल्जियमको मोन्स्मा भएको थियो ।

उनले बेल्जियमका लागि ३ खेल खेलेका थिए । कोभेन्ट्री सिटिका पूर्व स्ट्राइकर समेत रहेका उनले उल्भ्समा १८ महिना बिताएका थिए ।

कोभेन्ट्री र उल्भ्सले उनको निधनमा ट्विटर मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

त्यसबाहेक उनले बेल्जियम, रुस, नेदरल्यान्ड्स, इटाली र साइप्रसका क्लबबाट व्यवसायिक खेल खेलेका थिए ।

Categorized in स्पाेर्ट्स