arin enterprises

वाग्नर लडाकूसमूहलाई रुसमा आत्मसमर्पणको आग्रह

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १०, आइतबार

रुसमा वाग्नर लडाकूसमूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । उक्त समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको हो ।

रक्षा मन्त्रालयले एक विज्ञप्ति निकाल्दै लडाकूसमूहलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरुसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको छ ।

<वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा रुसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।

प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत् विद्रोहको चेतावनीका थुप्रै श्रव्य सामग्री पोस्ट गरिएपछि यो अपिल आएको थियो ।

रुसी संचार माध्यमका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रूसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ ।

रुसको शासनमा २२ बर्षदेखि एकछत्र रहँदै आएका पुटिनले पहिलो पटक ठूलो खतराको सामना गर्नुपरेको छ । बख्तरबन्द गाडीसहित वाग्नर सेना अघि बढेपछि रुसी राजधानी मस्कोमा संकटकाल लगाईएको थियो भने रेड स्क्वायरलगायतका स्थानमा प्रहरी र प्रतिकार्य एकाइहरु उच्च सतर्कतामा राखिएको बताएको छ ।

युक्रेनको बाख्मत शहर कब्जा गर्न झण्डै नौ महिना लडेको वाग्नर समूह पछिल्लो समय पुटिनको ब्यवहारबाट चिढिएको हो ।

Categorized in अन्तर्राष्ट्रिय