arin enterprises

चीनको किन्डरगार्टेनमा चक्कु प्रहार हुँदा छ जनाको मृत्यु

SamacharDesk | २०८० आषाढ २५, सोमबार

चीनको एक किन्डरगार्टेनमा जथाभावी चक्कु प्रहार हुँदा छ जनाको मृत्यु भएको छ ।

चीनको दक्षिण पूर्वी ग्वाङदोङ राज्यमा रहेको किन्डरगार्टेमा प्रवेश गरेका २५ वर्षिय एक युवकले बालबालिका र शिक्षक शिक्षिकामाथि चक्कु प्रहार गर्दा तिन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्य तिन जना मध्ये एकजना शिक्षक र एक अभिभावक रहेका छन् । अभिभावकले आफना बालबालिकालाई पढाइका लागि छोड्ने क्रममा चक्कु प्रहार भएको हो ।

चीनमा हरेक वर्ष हुने चक्कु प्रहारका घटनामा दर्जनौंको मृत्यु हुने गरेको छ । त्यसमा पनि अधिकांश विद्यालय र कलेजहरुमा हुने गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय