arin enterprises

भारतमा अवैध सुनसहित तीन जना पक्राउ

SamacharDesk | २०८० आषाढ २५, सोमबार

भारतको सुरत विमानस्थलबाट अवैध ४८ किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।

राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

युएईको शारजहाँबाट एअर इण्डियाको उडानबाट आएका तीन जना यात्रुहरुलाई नियन्त्रणमा लिइएको निर्देशनालयले जनाएको छ ।

उनीहरुले उक्त मात्राको सुनको पेस्ट बनाई ल्याएको थियो । अध्यागमन भन्दा पहिल्यै शौचालयमा सुन हस्तान्तरण गर्ने गरी सुन ल्याइएको अनुसन्धानबाट खुलेको छ ।

४ दशशमलव ६७ किलो सुन भने पुरुष शौचालयमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय