arin enterprises

नेयमार प्रशिक्षणमा फर्किए

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २६, मंगलबार

ब्राजिलीयन स्टार फुटबल खेलाडि नेयमार प्रशिक्षणमा फर्किएका छन् । प्रि–सिजन टूरको तयारी गरिरहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को अभ्यास सत्रमा नेयमार देखिएका हुन् ।

करिब चार महिना चोटका कारण आराम गरेका नेयमार पीएसजीको प्रशिक्षणमा फर्किएका हुन् । पाँच महिना अघि चोट बोकेका ३१ वर्षिया नेयमारले सल्यक्रिया गराएका थिए ।

उनी निको भएर समर ब्रेकपछि मैदान फर्किएको क्लबले ट्वीटरमा भिडियो मार्फत जानकारी दिएको छ ।

पीएसजीले जुलाई २५ मा हुने मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासिरसँग प्रतिस्पर्धा गर्दैछ ।

नेयमारको पीएसजीसँगको सम्झौता अझै दुई वर्ष बाँकी छ । उनले गत सिजन राम्रो सुरुआत पनि क्लब बसाई अनिश्चित मानिएको छ ।

पीएसजीले केही समय अघि नेयमारलाई बेच्न चाहेको समाचार सार्वजनीक भएको थियो । सोही कारण नेयमार बार्सिलोना, चेल्सी, म्यानचेस्टर युनाईटेड सहित प्रिमियर लिगका क्लबहरुसँग जोडिएका थिए ।

उनले चोट बोक्नु अघि लिगको २० खेलमा १३ गोल गरेका थिए भने ११ गोलको अवसर सिर्जना गरेका थिए । 

Categorized in स्पाेर्ट्स