arin enterprises

राष्ट्रपति पौडेलबाट तीनवटा विधेयक प्रमाणिकरण

SamacharDesk | २०८० आषाढ ३१, आइतबार

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आर्थिक वर्ष २०८०/८१ को ल्याएको बजेट राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नुभएको छ ।

रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।

सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।

Categorized in राष्ट्रिय