दक्षिण कोरियामा वर्षा र बाढीले ३३ जनाको मृत्यु
SamacharDesk | २०८० आषाढ ३१, आइतबार

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो । बिगत तीन दिनदेखि जारी वर्षाले देशको जनजीवन अस्तब्यस्त बनेको छ ।
उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा सडकहरु जलमग्न हुनुका साथै यातायात सेवा पनि अवरुद्ध भएको छ ।
बाँध आसपासमा रहेका तटीय क्षेत्रका ६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । त्यहाँको मौसम विभागका अनुसार शनिबार तीन सय मिलिमिटर वर्षा भएको थियो भने अझै केही दिन जारी रहने छ ।
मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट शनिबार राति सातवटा शव निकालिएको थियो । अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय ६६ जनालाई विस्थापित भएका छन् ।
सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ । सडक भत्किएका छन् भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र देखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय