फिफा महिला विश्वकपमा न्युजिल्याण्डको सुखद सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ४, बिहिबार

फिफा महिला विश्वकप फुटबल २०२३ मा उद्घाटन खेलमा न्युजिल्याण्डले जित हासिल गरेको छ ।
बिहिबार इडेन पार्कमा उद्घाटन खेलमा नर्वेलाई १–० गोलले हराउँदै आयोजक राष्ट्र न्युजिल्याण्डले सुखद सुरुआत गरेको हो ।
न्युजिल्याण्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरिन् । उनले खेलको ४८ औं मिनेटमा गोल गरिन् ।
जितसँगै समूह ए को न्युजिल्याण्डले तीन अंक जोडेको छ । नर्वेले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् ।
Categorized in स्पाेर्ट्स