गायक शाक्यको दुई वटा म्यूजिक भिडियो एकसाथ सार्वजनिक हुँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० श्रावण ४, बिहिबार

गायक रविन्द्र शाक्यको दुई वटा गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक हुने भएको छ ।
गायक शाक्यले गाएको नेपालभाषाको म्युजिक भिडियो ‘ख्वबि त्याय् कयाः’ र ‘वनेवा वनेवा झिपिं’ गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक हुन लागेको हो ।
आउँदो शुक्रबार श्रावण ५ गते ललितपुरको पुल्चोकमा एक कार्यक्रम गरी दुइटै गीत प्रिमियर गर्न लागिएको हो । कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर यज्ञ रत्न धाख्वाःबाट दुवै गीत प्रिमियर गरिने बताइएको छ ।
कार्यक्रममा गीत सार्वजनिक भएसँगै संसार्र्स अनलाइन टिभी युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक हुनेछ ।
दुवै गीत संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्माण गरिएको हो ।
सार्वजनिक हुन लागेको गीतमध्ये ‘ख्वबि त्याय् कयाः’ का रचनाकार अनिक शाक्य हुन् भने वनेवा झीपिंका रचनाकार विद्याभूषण बज्राचार्य हुन् । दुवै गीतका संगीतकार अमरराज शर्मा हुन् ।
ख्वबि त्याय् कयाः गीतको म्युजिक भिडियोको छायाँकन, सम्पादन, कलरिंगको काम अमर चित्रकारले गरेका छन् । गीतको परिकल्पना, श्रृंगार, निर्देशनको काम भने सनम कुमार श्रेष्ठले गरेका छन् ।
भिडियोमा प्रकाश श्रेष्ठ, रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको साथमा प्रेम महर्जन, शोभा अवाले, मीना शाक्य, सिद्धार्थ शाक्य र धर्म शाक्यले अभिनय गरेका छन् ।
भजनको रुपमा बनाइएको गीत ‘वनेवा वनेवा झीपिं’ का दृश्य सम्पादक भने दिगन्त शाक्य हुन् ।
Categorized in पेजथ्री