arin enterprises

हरर चलचित्र ‘अपीच्य’ को टिजर सार्वजनिक

SamacharDesk – बिराज | २०८० श्रावण ५, शुक्रबार

हरर थ्रिलर नेपाली चलचित्र ‘अपीच्य’ को टिजर सार्वजनिक भएको छ । डेल्टा मल्टिमिडिया प्रोडक्सनको ब्यानरमा बन्दै गरेको हरर थ्रिलर चलचित्र ‘अपीच्य’ को टीजर इन्टरटेनमेन्ट नेपाली टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

विहिबार सार्वजनिक भएको १ः३० मिनेटको टीजरमा रचना सिं, रवि गिरी, नेपालभाषा चलचित्र क्षेत्रका सुपरस्टार हिरो सुरज व्यन्जनकार लगायतका कलाकारहरु देखाइएको छ ।

नेवार परिवार भित्रको अतृप्त आत्माको कथा टीजरमार्फत प्रष्ट्याइएको छ ।

यस हरर चलचित्रमार्फत अदृश्य शक्तिहरुको बारे युवाहरुको मन मस्तिस्कमा रहने रहस्यको उजागर गर्न खोजिएको निर्देशक प्रदीप खड्गीले बताए ।

‘अपीच्य चलचित्र भूतप्रेत जस्ता अदृश्य शक्तिप्रतिको विश्वास र मनोविज्ञानमा अन्तर्निहित छ, यसले एउटा अनौठो र नयाँ अनुभूति सिर्जना गर्नेछ जसले दर्शकलाई भित्रसम्मै छुनेछ’ निर्देशक खड्गीले भने ।

उत्कृष्ट स्टोरी टेलिङले दर्शकलाई सुरुदेखि अन्त्यसम्म तल्लीन राख्ने खड्गीको दाबी छ ।

चलचित्रमा सुशील राजोपाध्याय, कृष्णभक्त महर्जन, लक्ष्मीकुमार महर्जन, लक्ष्मीनाथ मौदगल्या, राजेन्द्रकुमार महर्जनलगायतको कलाकारको अभिनय रहेको छ ।

निर्देशक खड्गीकै कथा, पटकथा र संवाद रहेको चलचित्रमा संगीत पनि उनैले दिएका छन् । चलचित्रका कार्यकारी निर्माता भाइकाजी महर्जन ‘नयन’ हुन् । 

Categorized in पेजथ्री