चीनमा विद्यालयको छत खस्दा ११ जनाको मृत्यु
SamacharDesk | २०८० श्रावण ८, सोमबार

चीनमा एउटा विद्यालयको छत खस्दा ११ जना विद्यार्थीको मृत्यु भएको छ ।
आइतबार चीनको हेइलोङचियाङ प्रान्तको चिचिहार सहरमा दिउँसो ३ बजेतिर एक विद्यालयको खेलकुद हलको छत खस्दा च्यापिएर विद्यार्थीहरुको मृत्यु भएको हो ।
सोमबार बिहान १५ जनालाई निकालेको थियो । तीमध्य ११ जना मृत अवस्थामा भेटिएका हुन् भने चार जना भने गम्भीर घाइते भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
भारी वर्षाका कारण पानी जमेका कारण छत भत्किएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
घटनाका बेला हलमा १९ जना भए पनि ४ जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय