मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार

रुसले राजधानी मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरी दुई वटा घरमा क्षति पुर्याएको आरोप लगाएको छ ।
रुसी संचार माध्यमका अनुसार एउटा ड्रोन रक्षा मन्त्रालयनजिकै खसेको जनाएको पनि यसको बारे युक्रेनले भने अहिलेसम्म जानकारी दिएका छैनन् । ड्रोनका टुक्राहरू विदेश मन्त्रालयको भवनको २ किलोमिटर पर भेटिएको रुसी संचार माध्यमले उल्लेख गरेको छ ।
मस्कोका मेयर सेर्गेई सोब्यानिनले स्थानीय समय अनुसार सोमबार बिहान ४ बजे मानवरहित भवनमा ड्रोन आक्रमण गरिएको थियो । सोब्यानिनका अनुसार भवनमा ठूलो क्षति भने भएको छैन ।
रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको र कुनै हताहती नभएको जनाएको छ ।
यस्तै मस्कोको यातायात विभागले ड्रोन आक्रमणले केहीबेर सडक अवरुद्धसमेत भएको बताउको थियो ।
Categorized in अन्तर्राष्ट्रिय