arin enterprises

कोलम्बीयासँग दक्षिण कोरिया पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ९, मंगलबार

महिला विश्वकप २०२३ मा दक्षिण कोरिया कोलम्बीयासँग पराजित भएको छ ।

मंगलबार बिहान भएको समुह एचको खेलमा कोलम्बीयाले २–० दक्षिण कोरियालाई हराएको हो ।

अष्ट्रेलियाको अल्लिएन्ज स्टेडियममा भएको खेलकोमा क्याटलिना उस्मेले पेनाल्टि मार्फत गोल गर्दै कोलम्बीयाले अग्रता लियो ।

दक्षिण कोरियाको डिफेन्डर सिओ–युओन शिमले पेनाल्टि एरियामा ह्याण्ड बल गरेपछि कोलम्बीयाले पेनाल्टि पाएको थियो ।

लिंडा कैसिडोले ३९ औं मिनेटमा गोल गरी कोलम्बीयालाई पहिलो हाफमै २–० अघि राख्यो ।

यहि अग्रतालाई अन्तिम सम्म जोगाई कोलम्बीयाले जित हासिल गर्यो ।

यो जितसँगै कोलम्बीया ३ अंक सहित समुह एचको दोस्रो स्थानमा छ ।

कोरिया अंक रहित तेस्रो स्थानमा रहँदा जर्मनी शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स