arin enterprises

आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ९, मंगलबार

महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग पराजित भएको छ ।

मंगलबार भएको खेलमा न्युजिल्याण्ड फिलिपिन्सलसँग १–० ले पराजित भएको हो ।

न्युजिल्याण्डमा भएको खेलमा फिलिपिन्सलाई जितमा दिलाउन सेरिना बोल्डेनले निर्णायक गोल गरिन् । उनले खेलको २४ औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलको ६८ औं मिनेटमा गोल गरेपनि भिएआर मार्फत गोल मान्य नभएपछि खेलमा फिलिपिन्सले बाजि मा¥यो ।

यो जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठुलो भएको बताए ।

विश्वकपमा फिलिपिन्सको पहिलो जित हो । फिलिपिन्सले समूह एको खेलमा तीन अंक जोडेको छ ।

शीर्ष स्थानको स्विटजरल्याण्ठको ४, न्युजिल्याण्ड र फिलिपिन्सको समान ३ अंक भएको छ ।

यस्तै नर्वे १ अंक सहित तालिकाको पुछारमा छ ।

Categorized in स्पाेर्ट्स