आर्सनलले बार्सिलोनालाई हराएयो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ११, बिहिबार

मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब आर्सनलले बार्सिलोनालाई हराएको छ ।
बिहीबार बिहान प्रि–सिजन टूरमा रहेका आर्सनलले स्पेनिस जायन्ट बार्सिलोनालाई ५–३ ले हराएको हो ।
यूएसएमा भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । बुकायो शाकाले १३ औं मिनेटमा आर्सनलले बराबरीमा ल्याएका थिए ।
३४ औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले पुन अग्रता लियो । तर पहिलो हाफको खेल सकिन दुई मिनेट अघि काइ हभार्ट्जले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा भने आर्सनल बार्सामाथि पुरा हाबी रह्यो । लिन्ड्रो ट्रासार्डले ५५ औं र ७८ औं मिनेटमा लगातार दुई गोल गर्दै आर्सनललाई ४–२ को अवस्थामा ल्याए ।
बार्साका फेरान टोरेसले ८८ औं मिनेटमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए ।
लगत्तै पाबियो विएराले गोल गर्दै आर्सनललाई ५–३ को शानदार जित दिलाए ।
दुवै टिम नयाँ सिजनको तयारीमा छन् ।
Categorized in स्पाेर्ट्स