arin enterprises

अस्ट्रेलियामाथि नाइजेरियाको अविश्वसनीय जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ११, बिहिबार

महिला विश्वकप २०२३ मा नाइजेरियाले अविश्वसनीय जित हात पारेको छ । बिहीबार भएको खेलमा नाइजेरियाले अस्ट्रेलियामाथि ३–२ गोलले जित हात परेको हो ।

एक गोलले पछाडि रहेको स्थितिमा नाइजेरियाले यो अविश्वसनीय जित निकालेको हो ।

खेलको पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा अस्ट्रेलियाको भान इमोन्डले गोलले अग्रता लिएको थियो ।

त्यसको पाँच मिनेट पछि कानुले गोल गर्दै बराबरीमा ल्याए ।

ओहलेले ६० औं र ओसोलाले ७२ औं मिनेटमा गर्दै नाइजेरियालाई ३–१ गोलले अघि रखे ।

खेलको अन्त्यतिर अस्ट्रेयिाका लागि एलान केनेडीले एक गोल फर्काइन् ।

यो जितसँगै नाइजेरियाले समूहमा चार अंक सहित शीर्ष स्थान पनि कब्जा गरेको छ । क्यानाडा चार अंकमा दोस्रो स्थानमा छ ।

अस्ट्रेलियाको तीन अंकले छ भने आयरल्यान्डको सून्य अंक छ ।

Categorized in स्पाेर्ट्स