सिंगापुरमा २० वर्षमा पहिलोपटक महिलालाई फाँसी
SamacharDesk | २०८० श्रावण १२, शुक्रबार

२० वर्षमा पहिलोपटक सिंगापुरमा महिलालाई फाँसी दिइएको छ । लागु औषधी तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी सारिदेवी जमानीलाई शुक्रबार फाँसी दिइएको हो ।
४५ वर्षीया जमानीलाई सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
अर्का लागुऔषध तस्करी मोहम्मद अजीज बिल हुसैनलाई पनि फाँसी दिइएको थियो । उनलाई ५० ग्राम हिरोइन तस्करीको अभियोगमा फाँसी दिइएको हो ।
मृत्युदण्ड पाउने यी दुवै सिंगापुरकै नागरिक हुन् ।
विश्वका धेरै देशले लागुऔषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरी मृत्युदण्डको सजाय परित्याग गर्दै गई रहेको छ ।
सन् २०२२ यता मात्रै सिंगापुरमा थप १५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ।
एम्नेस्टीले सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी गरेको छ ।
धेरै देशले मृत्युदण्ड त्यागी रहेको बेला सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताए ।
Categorized in अन्तर्राष्ट्रिय
