संयुक्त राष्ट्रसंघद्वारा फाँसीको प्रावधान हटाउन आग्रह
SamacharDesk | २०८० श्रावण १३, शनिबार

संयुक्त राष्ट्रसंघले सिंगापुर र कुवेतमा मृत्युदण्ड रोक्न लगाउन आह्वान गरेको छ ।
यी राष्ट्रहरुले हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको हो ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले जारी विज्ञप्ति गर्दै कुवेत र सिंगापुरमा यस साता दिइएका मृत्युदण्डको निन्दा गरी कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्ने भनिएको छ ।
राष्ट्रसंघले कुवेत र सिंगापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गर्न विज्ञप्तिमा उल्लेख गरेको छ ।
गत शुक्रबार सिंगापुरमा लागुऔषध ओसार पसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई फाँसी दिइएको थियो ।
कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय