मोरोक्कोले दक्षिण कोरियालाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १४, आइतबार

मोरोक्कोले दक्षिण कोरियालाई हरायो महिला विश्वकप २०२३ मा मोरोक्कोले दक्षिण कोरियालाई हराएको छ ।
आइतबार भएको 'समूह एच' को खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–०ले हराएको हो ।
मोरोक्कोको जितमा इब्तिसाम ज्राईदीले निर्णायक गोल गरे ।
उनले खेल सुरु भएको छैठौं मिनेटमा गोल गरेका थिइन् । यहि एक गोल नै मोरोक्कोको जितको लागि काफि रह्यो ।
यस विश्वकपमा मोरोक्कोको यो पहिलो जित हो । यस अघि मोरोक्को जर्मनीसँग पराजित भएको थियो ।
यो जितसँगै मोरोक्कोले दुई खेलमा ३ अंक जोड्डै समूहको तेस्रो स्थानमा छ ।
यस्तै दक्षिण कोरिया अंक रहित समूहको पुच्छरमा छ ।
Categorized in स्पाेर्ट्स