arin enterprises

थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा ९ को मृत्यु

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १४, आइतबार

थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा नौजनाको मृत्यु भएको छ ।

शनिबार थाइल्याण्ड र मलेसियाको सिमानजिक सुंगाई कोलोक भन्ने ठाउँमा भएको विस्फोतमा परि मृत्यु हुनेमा ३ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएको हो ।

विस्फोटका कारण व्यस्त बजारमा रहेको गोदाम पुर्ण रुपमा क्षतिग्रस्त हँदा  १ सय १५ जना घाइते भएका छन् । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

यस्तै यो विस्फोटमा कारण आसपासका दर्जनौं घरमा पनि क्षती पुगेको छ ।

गोदाम रहेको भवन निर्माण गर्ने क्रममा गरिएको वेल्डिङका कारण विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विस्फोटपछी सो गोदाममा लागेको आगो घण्टौंको प्रयासपछी नियन्त्रणमा लिईएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय