विश्व स्तनपान सप्ताह सुरु
SamacharDesk | २०८० श्रावण १६, मंगलबार

विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ ।
हरेक अंग्रेजी महिनाको अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउँदै आइरहेको छ । यस दिवसका अवसरमा पोषण विद्हरु बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउनुपर्ने बताउँछन् ।
शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्दछ । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्त्वहरू हुने भएकोले जन्मिएदेखि छ महिनासम्म कम्तीमा २ वर्षसम्म पूर्णरूपमा स्तनपान गराउनु पर्दछ ।
जसले आमा र बच्चा दुवैका लागि फाइदा पुर्याउँदछ । यसले बालबालिकाको जीवन रक्षा गर्छ । पहिलो पहेँलो बिगौती दूधले खोपसरह काम गर्छ र निमोनिया, झाडापखाला,कान,छाला,पेट तथा श्वासप्रश्वासका सङ्क्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ।
यसमा शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छुटै बाहिर निस्किने तथा पाठेघर खुम्चिन्छ जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ । त्यसका अलावा यसले स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरालाई घटाउने गर्दछ ।
स्तनपान गराइरहेकी आमाले दैनिक खाने गरेको खाना भन्दा २ पटक थप खान खान चिकित्सकको सुझाव छ । बोतलबाट दूध नखुवाउने । स्तनपानसम्बन्धी सिफारिस गरिएका व्यवहारहरू हरेक शिशुहरूमा हरेक अवस्थामा लागु हुन्छ ।
यी व्यवहारहरू अपनाउँदा आमाहरूले लगातार रूपमा दूध उत्पादन गरिरहने बताउँछन ।
Categorized in राष्ट्रिय