arin enterprises

सेवाग्राहीलाई पार्किङ शुल्क लिन नपाउने

SamacharDesk | २०८० श्रावण १६, मंगलबार

काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई पार्किङ शुल्क लिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

महानगरले व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल उजुरी गर्न सकिने जनाएको छ ।

सेवा शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न सकिने भएको छ । गुनासो सुन्ने अधिकारीको रूपमा महानगरपालिकाले नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु नाथ पाण्डेले जानकारी दिनुभयो ।

महानगरले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरे पनि अटेर गरेपछि फिल्डमै पुगेर कारबाही सुरु गरेको बताएको छ ।

Categorized in स्थानीय